पेरिस ओलम्पिकमा फ्रान्सलाई उछिनेर दोस्रो नम्बरमा उक्लियो चीन

पेरिस ओलम्पिक २०२४ मा फ्रान्सलाई पछि पार्दै चीन दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार साँझसम्म चीन तेस्रो स्थानमा थियो । दोस्रो स्थानमा रहेको फ्रान्स अहिले चौथो स्थानमा झरेको छ । फ्रान्सभन्दा माथि अस्ट्रेलिया छ ।

७ स्वर्ण, २ रजत र ४ कास्य गरी कूल १३ पदकसहित जापान पहिलो स्थानमै छ । दास्रो स्थानमा उक्लेको चीनले ६ स्वर्ण, ६ रजत र २ कास्य गर कुल १४ पदक हात पारेको छ ।

६ स्वर्ण, ४ रजत र १ कास्य गरी ११ पदक जितेर अस्ट्रेलिया तेस्रो स्थानमा उक्लिएको छ । ५ स्वर्ण, ९ रजत र ४ कासय गरी कुल १८ पदक जितेको फ्रान्स चौथो स्थानमा खसेको हो । मंगलबार साँझसम्म फ्रान्स दोस्रो स्थानमा थियो ।
पछिल्लोपल्ट कोरियाले पनि राम्रो नतिजा ल्याइरहेको छ । अहिलेसम्म ५ स्वर्ण जितेको कोरियाले ३ रजत र ३ कास्य गरी ११ पदक जितेको छ । अमेरिका छैठौं स्थानमा छ । विभिन्न विधाका खेलमा प्रतिस्पर्धा जारी छ ।

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस