सभ्यता पाठशाला घोराहीमा विदेशी फुटबल कोच

घोराही– सभ्यता पाठशाला घोराही दाङमा फुटबल कोच नियुक्त गरिएको छ। सभ्यता पाठशालाका विद्यार्थीहरूलाई फुटबल सिकाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फुटबल खेलाडी बनाउनका लागि विदेशी कोचलाई नियुक्त गरिएको हो ।
जसका लागि मध्य अफ्रिकाका बार्गा विलफ्रेडलाई फुटबल कोचको रुपमा नियुक्त गरिएको सभ्यता पाठशालाले जनाएको छ । आफ्ना विद्यार्थीहरूलाई फुटबल खेलमा उत्कृष्ट बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बार्गालाई कोचको रुपमा नियुक्त गरेको हो ।
आज एक कार्यक्रमको आयोजना गरी पाठशालाले बार्गा विलफ्रेडसँग सम्झौता गरी नियुक्तिपत्र समेत हस्तान्तरण गरेको विद्यालयका प्रिन्सिपल चेतमान घर्ती मगरले जानकारी दिए । फुटबल कोचको रूपमा नियुक्त भएसँगै बार्गाले आगामी छ महिनासम्म सभ्यता पाठशालाका विद्यार्थीहरूलाई फुटबल सिकाउनेछन् ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस