रोहित र दीपेन्द्रले क्यारेबियन टी–१० लिग खेल्ने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले क्यारेवियन टी–१० क्रिकेट लिग खेल्ने भएका छन्।

प्रतियोगितामा रोहितले मियामी लाइन्स र दीपैन्दैले ग्रान्ड केम्यान स्टिन्ग्रेजबाट खेल्नेछन् । रोहितको टोलीमा ड्वेन ब्राभो आइकन खेलाडीको रुपमा आबद्ध छन्।

सोही टोलीमा शोहेब मलिक ए १ र च्याडविक वाल्टन ए २ मा क्याटेगोरीमा आबद्ध छन् । रोहित बी १ क्याटेगोरीमा आबद्ध भएका छन् ।

दीपेन्द्र भएको स्टिन्ग्रेजमा एलेक्स हाइस आइकन खेलाडीका रुपमा जोडिएका छन् । सोही टोलीमा रोबिन उथप्पा ए१ र रस व्हाइटली ए२ खेलाडीको रुपमा जोडिएका छन्। दीपेन्द्र भने बी १ खेलाडीको रुपमा टोलीमा आबद्ध भएका छन्।

प्रकाशित मिति : २०८१ असार ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस