पौरखी महिलाहरुको दिनचर्या : बिहान फुटपाथ, दिनभर खेतबारी

घोराही । घोराही उपमहानगरपालिका ८ कि सुनिता चौधरी बिहानै घरबाट निस्किन्छिन । कुनै मर्निङ वाक गर्न भने हैन । उनी छिटुवा र बोरा भरी तरकारी लिएर घोराही बजार झर्छिन । कहले सवारी साधनमा तरकारी लिएर आउछिन त कहिले अटो रिजर्भ गर्छिन । बिहानको चार बजे घोराहीको बालमन्दिर स्कुल नजिकैको चोकमा तरकारी बेच्न थाल्छिन । उनी सङै अन्य महिलाहरु पनि तरकारी बेचिरहेका हुन्छन । बिहानको झिसमिसे उज्यालो अनि सडक बत्तिको प्रकाशले जो कोहिलाइ पनि छुट्टै सित्त्लता महसुस हुन्छ । पहिले उनी छिटुवामा गाउँ बजारमा डुलाउदै तरकारी बेच्ने गरेकी हिजो आज उनको बिहान सडक छेउमा तरकारी बेचेर बित्छ । आफ्नौ बारिमा बेमैसमी तरकारी भिन्डी, लौका, खुर्सानी, करेला लगएतका तरकारी लिएर बेच्न आउछिन । दिनभरी खेत बारिमा समय बित्छ, बिहान बजारमा लिएर बेच्न जान्छ´ चौधरीले भनिन तरकारी बेचेपछी पैसा आउँछ, घर व्यबहार चलाउन सजिलो भाछ ।´ बिहानको समयमा तरकारी बेचेर मात्र चार पाच हजारको आम्दानी हुने गरेको उनले बताइन ।

घोराही उपमहानगरपालिका १८ बाम्लाकी ढाटी राघु झन छिमेकिको तरकारी लिएर भएपनी बेच्न बिहानै आउछिन । मेरो बारिको पहिलो लटको करेला, भन्टा बेचिसके अब भिण्डी बोडि तयार हुँदै छ´ राघुले भनिन , थोरै करेला थियो, त्यसैमा छिमेकीको बोडि भिन्डी हरियो खुर्सानी खरिद गरेर लिएको छु, थोरै नाफा खैर बेच्छु ।´ बाम्ला देखि ३ घण्टा पैदल हिडेर तरकारी बेच्न आउछिन । गाडी जान, गाउको अटो त छन बिहानै आउन मान्दैन´ उनले भनिन हिडेरै भएपनी तरकारी बेचेर घर खर्च चलाउनै पर्यो । ´ तरकारी बेचेर 4 जनाको परिवार पालिएको बताइन । बिहानको समयमा तरकारी बेचेर ८ हजार सम्म आम्दानी गर्ने गरेको बताइन । गर्मी समयमा बेमौसमी तरकारी फलाएर राम्रो आम्दानी गरेको उनले बताइन ।

बिहानको समयमा धेरै तरकारी बिक्ने गरेको घोराही उपमहानगरपालिका १० नारायणपुर कि देबि बस्नेतले बताइन । बिहानको समयमा धेर जसो सहरका मानिसहरु सडकमा हिड्न निस्केका हुन्छ्न ´ बस्नेतले भनिनकेही न केही तरकारी किनेर लैजान्छ्न । ´ गाउमा बस्तुभाउलाइ दिइने माटे, सम्धिनी साग बजारमा लिएपछि बिक्ने गरेको उनले बताइन । बारिमा धेरै थोरै जे फलेको हुन्छ, त्यही बेच्न लिन्छौ ´ उनले भनिन बजारमा लिनु मात्र पर्छ, खान मिल्ने सब बिक्छ ।´ बारिमा तरकारी फलाएर बेचेपछी घर खर्च चलाउन सजिलो भएको उनले बताइन ।

बजारमा नपाइने तरकारी तथा फलफूलहरुको कमै होलान् । गाउँका बारिमा वास्तै नगरिने माटे साग, पानी गाभा लगाएतका तरकारी देखि आर,किमु देखि आँप लिच्ची नहुने त कुरै भएन । बिहानको समयमा हरिया तरकारीले भरीभराउ हुन्छ्न बजार । कोहि छिटुवामा राखेर तरकारी घर आगनमा पुर्याउदै हुन्छ्न भने कोहि चोक चोकमा तरकारी बेच्न बसेका हुन्छ्न ।


कोहि ३ घन्टा देखि पैदल हिडेर तरकरी बेच्न आउछ्न भने कोहि अटोमा आउने गर्छ्न । धेरैजसो बजारदेखी टाढाको कृषक महिलाहरु तरकारी बेच्ने गरेका छन ।उनिहरुको मुख्य आय श्रोत नै कृषि हो । बिहानको समयमा तरकारी बेच्ने, दिन भर खेत बारिमा काम गर्छ्न ।


घोराही उपमहानगरपालिकाले फूटपाथमा तरकारी बिक्री गर्न छूट दिएको छ । बिहान ९ बजेसम्म र साँझ ५ बजेपछि फूटपाथमा तरकारी बिक्री गर्न समय छुटाएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।
घोराहीमा दैनिक सयौ किसानले फूटपाथमा तरकारी बिक्री गरिरहेको छन ।

प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस