प्रतिष्ठानले सड़क शुल्क लिनेप्रति चौतर्फी आलोचना

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सड़क शुल्क लिने प्रति चौतर्फी आलोचना भईरहेको छ । प्रतिष्ठानको अगाडि सडकमा हुने पार्किङ्ग हटाउने विषयमा शुक्रबार छ्लफल भयो । प्रतिष्ठानमा लिने भनिएको शुल्क असुलीलाई नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै आलोचना भईरहेको छ ।

विभिन्न सामाजिक सञ्जालमा सञ्चारकर्मी, राजनीति दल, व्यवसायी, बिध्यार्थीलगायतले शुल्क लिने प्रति विरोध जनाउँदै फेसबुकमा लेखेका छन ।

‘ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भाडामा दिएको जग्गा तुरुन्तै फिर्ता गरी पार्किङ्ग निशुल्क गरिनु पर्छ , यस्तो कामका लागि प्रतिष्ठान ल्याइएको हो र ?

प्रतिष्ठानको अगाडि सडकको पार्किङ्ग हटाएर उक्त भाडामा दिईएको जग्गामा नँया पार्किङ्ग कायम गर्न खोजेको प्रतिष्ठानले उक्त जग्गामा पार्किङ्ग गरे बापत शुल्क लिने शुक्रबारको निर्णयमा उल्लेख गरिएको छ ।

प्रतिष्ठानले जग्गा भाडामा दिने र भाडामा दिएको जग्गामा पार्किङ्ग थलो तोकेर शुल्क लिने कदम कुनै पनि हालतमा सही नभएको भन्दै उक्त निर्णयको विरोध जनाएका छन ।

घोराही उपमहानगरपलिकाको अगुवाईमा भएको छलफलले पार्किङ्ग हटाउने निर्णय गर्यो तर अव्यवस्थित पार्किङ्ग हटाउने गरी भएको छ्लफलले बिरामी लिएर जाने सवारी साधनको पार्किङ्गको शुल्क असुल्ने निर्णय गर्यो । जून निर्णयको व्यापक चौतर्फी आलोचना भईरहेको छ ।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस