टी–२० विश्वकपको इतिहासमा पहिलो पटक ब्याट्सम्यान ‘रिटायर आउट’

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पहिलो पटक खेलाडी ‘रिटायर आउट’ भएका छन् ।

नेपाली समयअनुसार शनिबार राति भएको इंग्ल्याण्डसँगको खेलमा नामिबियाका स्टार ब्याट्सम्यान निकोलस डेभिन रिटायर आउट भएका हुन् ।

वर्षाले प्रभावित खेल १० ओभरमा झारिएको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १० ओभरमा १२२ रन बनाएको थियो । जवाफमा नामिबियाको टोलीले ८४ रन मात्रै बनाउन सक्यो ।

ठूलो लक्ष्य पछ्याएको नामिबियाको टोलीलाई माइकल लिङ्गेनले राम्रो सुरूवात गराएका थिए । उनलाई साथ दिएका डेभलिनले राम्रो ब्याटिङ गर्न सकेनन् ।

निकोलसले १६ बलमा १८ रन बनाएका थिए । त्यसपछि उनी रिटायर आउट भए । उनको स्थानमा डेभिड भिस ब्याटिङमा आएका थिए ।

आफूले खुलेर खेल्न नसकेपछि रिटायर आउट भएको निकोलस बताउँछन् । यो नै टी–२० विश्वकपको इतिहासमा पहिलो पटक कुनै खेलाडी रिटायर आउट भएको हो ।

यदि कुनै ब्याट्सम्यान रिटायर्ड हर्ट भयो भने उनी फेरि ब्याटिङमा आउन सक्छन्, तर रिटायर आउट भएमा उनी फेरि ब्याटिङमा आउन सक्दैनन् ।

प्रकाशित मिति : २०८१ असार २ गते आइतवार
प्रतिक्रिया दिनुहोस