पुरुष फुटवल खेलमा देउखुरी बैंकर्स र महिलामा देउखुरी सेवा केन्द्र विजयी

देउखुरी । देउखुरी सामुदायिक सेवा केन्द्रले वडा प्रहरी कार्यालय तथा देउखुरी बैंकर्सको सहकार्यमा मैत्रिपूर्ण फुटवल प्रतियोगीता आयोजना गरेको छ । लैगिक हिंसा न्यूनिकरण गर्ने उद्देश्य राखेर कार्यक्रम गरिएको हो । देउखुरी सामुदायिक सेवा केन्द्र र देउखुरी बैंकर्स विच भएको पुरुष तर्फको फुटवल प्रतियोगीता देउखुरी बैंकर्सले जितेको छ ।

तीन गोल गरेको देउखुरी बैंकर्सलाई सामुदायिक सेवा केन्द्रले एक गोल मात्रै फर्काउन सक्यो । यस्तै देउखुरी बैंकर्स र सामुदायिक सेवा केन्द्र विच भएको महिला फुटवल प्रतियोगीताको उपाधी सामुदायिक सेवा केन्द्रले जितेको छ । एकका विरुद्ध दुई गोल गर्दै सामुदायिक सेवा केन्द्र विजयी भएको हो । देउखुरी सामुदायिक सेवा केन्द्रका कार्यवहाक अध्यक्ष गोमा बस्नेतको अध्यक्षता तथा लमही नगरपालिकाका कार्यवहाक नगर प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै योगीले हिंसामुक्त समाज निर्माण गर्न सबै विचमा सहकार्य हुन जरुरी रहेको बताउनु भयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुसालले समाज रुपान्तरणका लागी मैत्रिपूर्ण व्यवहार आवश्यक रहेको बताउनु भयो । वडा नं. ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीले सामाजिक कामका लागी सबै विचमा सहकार्य आवश्यक रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा देउखुरी सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष लिला शाह, सल्लाहकार योगमाया शाही, वडा सदस्य केशव अधिकारी, देउखुरी बैंकर्सका उपाध्यक्ष शरद सिंह पाण्डे, अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल लगायतको सहभागीता थियो ।

खेलमा रेफ्रीको भूमिकामा सुरज पाण्डे, प्रज्वल शर्मा, लाइन्स म्यानको रुपमा निशान खड्का, निखिल सुनारले भूमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रम संयोजक तेज बहादुर नेपालीले स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका संस्थापक सदस्य तथा पत्रकार दशरथ घिमिरेले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस