राजपुरका अग्नि पीडितलाई जापानबाट सहयोग

लमही । राजपुर गाउँपालिका-७ का अग्नि पीडितलाई राहत सामाग्री प्रदान गरिएको छ । जापानमा रहेका नेपाली विद्यार्थीले पठाएको विभिन्न सामाग्रीहरु आज बिहिवार हाटबासका अग्निपीडितलाइ वितरण गरिएको हो ।

बिहिवार २४ घर परिवारलाई ती सामाग्री वितरण गरिएको थियो । दाङको लमही नगरपालिका -९ अमिलिया निवासी सुनिल चौधरी एस.के. र सल्यानको कुमाख गाउँपालिका निवासी विशाल बुढाथोकीद्वारा पठाइएको सामाग्रीलाई स्थानीय कृष्ण चाैधरी, सुनिलकी श्रीमती बिनिता चाैधरी, सुनिलका बाबु राजेन्द्र चाैधरी र आमाकाे संयुक्त उपस्थितिमा राजपुर गाउँपालिका- ७ का वडाध्यक्ष पुष्कर वलीलाई प्रदान गरिएको छ ।

अग्नि पीडितलाई चामल राख्ने ड्रम २४ थान, प्रेसर कुकर २४ थान, गाग्री २४ थान, छाता २४ थान, खाने तेल २४ पाेका, साबुन २४ वटा प्रदान गरिएको छ ।

सहयोग राहत अग्निपीडितसमक्ष पु¥याउने कार्यमा स्थानीय समाजसेवी कृष्ण चाैधरीले समन्वय गर्नुभएको थियो ।

यहि बैशाख १६ गते दिउँसोको समयमा बगरमा लागेको आगो बस्तिमा सल्किदा २४ घर नष्ट हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको विवरण थियो।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस