बाघको आक्रमणमा एकको मृत्यु

बर्दिया — बर्दिया बासगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन बठुवामा बाघको आक्रमणमा एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणमा बिहीबार दिउँसो बाँके बैजनाथ गाउँपालिका–८ हस्नापुरकी मनिषा रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बासगढी–४ बठुवाका कैलाशपति थारुसँगै हिँडिरहेकी रोकायालाई बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जनाए । थारु भने शकुशल रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस