बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार १ सय रुपैयाँ घटेको सुनको मूल्यमा बिहिबार प्रतितोला १८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन१ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार


