पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा आफ्नै घरको धारामा मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सरावल गाउँपालिका–३ श्रीनगर बस्ने ३० वर्षीय प्रदीप चौधरीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस