तुलसीपुर । तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ५ प्रादेशीक अस्पताल परिसर भित्र कालीका भवनमा बृहत्त् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी तुलसीपुर उपशाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी एक दर्जनले रक्तदान गरेका छन् । रगतको अभावमा रहेका बिरामीहरुलाई सहजरुपमा रगत उपलब्ध होस् भन्ने उद्देश्यले तुलसीपुर उप–शाखाले रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान नै जीवनदान भन्ने नाराका साथ शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर स्थित रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी तुलसीपुर उपशाखा सभापति देबकी नेपाली घिमिरे को अध्यक्षता तथा रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका उपसभापती हरिहर पौडयालकोे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
रगतको अभाव कहि कतै नहोस् । रगतकै अभावका कारण कुनैपनि बिरामी उपचारबाट बञ्चित नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रमका प्रमुख अतिथी पौडयालले रक्तदान नै जीवन दान भएकाले सबैले रगत दान गर्नुपर्ने बताए । प्रमुख अथीत पोडयालले बिरामीका लागि अत्यावश्यक पर्ने रगतको अभाव पूर्ति होस् भन्ने उद्देश्यले नेपाल रेडक्रसले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
उनले रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै उनले रक्तदान कार्यक्रममा सहकार्य गर्न सबै लाई धन्यवाद दिएका थिए ।
कार्यक्रमका बिशिष्ठ अतिथि तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका कोषाध्यक्ष भोला थापा क्षेत्रीले निरन्तर रक्तदान कार्यक्रम आयोजना गरि सहयोग गर्ने नेपाल रेडक्रस सोसाईटी उपशाखा तुलसीपुरलाई प्रशंसा गरेका थिए । उनले रगत दान गर्नु पुण्य कार्य भएको बताएका थिए । रासस प्रमुख नारायणी रजौरेले सवै भन्दा वडि महिलालाई रगत चाहिन्छ महिलाले नै रगत दिन डराउनु हुदैन् । मेले पनि धेरै पटक रगत दिईसकेको बताईन । उनले रगत दान गरेपछि शरिरमा फुर्ति आउने दावी गरिन । रक्तदान जस्तो मानवीय कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सवैमा अपिल गरेकी छिन ।। रेडक्रसले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको भन्दै उनले प्रशंसा समेत गरिन । यसैगरी कार्यक्रममा किवानीज क्लब तुलसीपुरका खुम न्यौपाने ( केपी न्यौपानेले )रक्तदान कार्यक्रमको बारेमा थप प्रचार–प्रसार आवश्यक रहेको भन्दै सबै सरोकारवालाहरुले यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागर उपशाखाका उपसचिव श्रीमणी न्यौपाने लगायतकाले रगतको महत्वको वारेमा प्रकाश पारेका थिए ।
रक्तदान गर्नेहरुमा नेपाल रेडक्रस सोसाईटि तुलसीपुर उपशाखाकी उपसभापती भुमा चन्द हमाल, तुलसीपुर खानेपानी संस्थाका कोषाध्यक्ष भोला थापा , खुम न्यौपाने , लक्ष्मण खत्री , सर्मिला नेपाली , सरस्वती भट्टराई , किरण बि क , ओम बहादुर ओली , भरत बहादुर ओली लगायतले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी तुलसीपुर उप–शाखाका उपसभापति भुमा चन्द हमालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सचिव बंशीकुमार शर्मा , कोषाध्यक्ष ईश्वरी खडका , सदस्य पूणर्प्रसाद धिताल र रमेश केसी रक्तदान कार्यक्रममा सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमको सहजीकरण उपशाखा उप सचिव बसन्त के सीले गरेका थिए ।