सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा आज एक लाख ३८ हजार छ सय ५० रुपैयाँ तय भएको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । बिहीबार तोलामा एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदीको भने एक हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस