
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ४० हजार कायम भएको हो।
तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। यसैगरी एक तोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार