एमजी ४ ईभीलाई २०२४ को उत्कृष्ट कारको उपाधि

काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको छोटोँ समयमै सफल एमजी कारले उत्कृष्ट कारको उपाधि हात पारेको छ। एमजी ४ इभीले हालै २०२४को उत्कृष्ट कारको उपाधि हात पारेको हो।

न्यूजिल्याण्डको प्रख्यात संचार कम्पनी स्टफद्वारा आयोजित ‘टप कारस् २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ इभीले शिर्ष उपाधि जित्न सफल भएको कम्पनीले बताएको छ।

विद्युतिय कार एमजी ४ गत वर्ष (२०८०) मा नेपाली बजार भित्रीएको थियो। २०२२ मा बजारमा आएको एमजी ४ ईभीले ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द यर २०२३’, ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’ जस्ता विभिन्न उपाधिहरु हासिल गर्दै आएको छ।

बेलायति ब्राण्ड एमजिले नेपालमापनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरण मैत्री विशेषताहरूले गर्दा लोकप्रियता कमाउँदै आएको छ।

एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले हाल नेपालमा एमजि ४ ईभी, एमजिजेडएस ईभी, एमजिकोमेट ईभी गरी ३ वटा मोडेलका विद्युतिय र एमजिहेक्टर, एमजि एचएस, र एमजिएसटर गरी ३ वटा मोडेलका ईन्धन गाडीहरु बिक्रि वितरण गर्दै आएको छ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस