उच्च शिक्षा आर्जन गरि नेपालमै फर्किनु पर्छ- नगर उपप्रमुख योगी

लमही। लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले उच्च शिक्षा लिन विदेश गएका युवायुवतीहरु ज्ञान हाँसिल गरि, प्रविधि र सीप प्राप्त गरेपछि स्वदेशमै फर्कन आग्रह गर्नु भयो । उहाँले विदेशमा सिकेको ज्ञान ,सीप लिएर देशका लागि योगदान दिन सकेमात्र नेपाली नागरिकको कर्तव्य पूरा हुने बताउनु भयो । कलेजहरु रिक्त हुने गरि विद्यार्थीहरु विदेश पलायन हुन लागेको प्रति सरकार गम्भीर हुनु पर्ने बताउनु भयो ।

सनलाईट स्कुल लमहीका प्रधानाध्यापक रेशम बहादुर बुढाले योग्य शिक्षित जनशक्ति पलायन सबैको चिन्ता र सोचनिय विषय भएको भन्दै शिक्षा आर्जनको नाममा विदेशी भूमि कष्टकर जिवन बिताउने तर नेपालमै बसेर काम गर्न नसक्ने वातावरणको अन्त्य हुन जरुरी बताउनु भयो
। लमही नगरपालिका -५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले वडाको तथ्यांक हेर्ने हो भने शिक्षा लिने नाममा विदेश पलायन हुनेको संख्या डरलाग्दो देखिएको बताउनु भयो । सरकारले उनीहरुलाई रोक्न समयमै विशेष कार्यक्रमको पहल नगरे देश बृद्दाआश्रम बन्ने खतरा बढेको बताउनु भयो ।

लमही नगरपालिका- १ का अध्यक्ष दामोदर पौडेलले उच्च शिक्षा लिन विदेश जानेहरुको कागजात बनाउनेको वडामा देखिएको लहरले अब नेपालको सबै कलेज खालिहुने अवस्था रहने बताउनु भयो । कार्यक्रममा फाउन्डेसनका केन्द्रीय सिईयो प्रकाश श्रेष्ठले लमही क्षेत्र विशेष गरेर लुम्बिनी प्रदेश राजधानीलाई लक्षित गरेर यहाँका विद्यार्थीलाई सहजताका लागि लमहीमा शाखा बिस्तार गरेको बताउनु भयो । उहाँले फाउन्डेसनले उच्च शिक्षा पढ्नका लागि बाहिर जान चाहाने विद्यार्थीको रोजाइ बमोजिम अमेरिका, जापान, युके, अष्ट्रेलिया, डेनमार्क लगायतका देशमा जान सहजीकरण गरिने बताउनु भयो ।

त्यस्तै उच्च शिक्षा आर्जन गर्न वैदेशिक यात्रामा पठाउने कन्सन्टेन्सीले शिक्षा, सीप आर्जन गरे लगतै स्वदेश फिर्ता ल्याउने वातावरण बनाउन शुक्रबार लमहीमा आयोजित कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । नेक्स्ट एजुकेसन फाउन्डेसन प्रालि लमहीले लमहीमा आयोजा गरेको शैक्षिक परामर्श गोष्ठीमा सहभागी उनिहरुले पछिल्लो समयमा प्लस सकेपछि उच्च शिक्षाका लागि बिदेश जाने र उतै व्यवस्थापन गरि बस्न थालेकोमा चिन्ता व्यक्त गर्दै फिर्ता ल्याउनका लागि पहल गरिनु पर्ने उनीहरुको भनाई छ।

नेक्स्ट एजुकेसन फाउन्डेसन प्रालिका केन्द्रीय सिईयो प्रकाश श्रेष्ठको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण फाउन्डेसन लमही शाखाका प्रवन्ध निर्देशक बिप्लव न्यौपानेले सहजीकरण गर्नु भएको थियो । भएको थियो । कार्यक्रममा कक्षा १२ मा उत्कृष्ट नजिता ल्याउने २ जना छात्र / छात्रालाइ सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस