ललितजंग शाहलाई काग्रेस सहित ७ दलको समर्थन

तुलसीपुर । तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा उम्मेदवार दिएको संयुक्त ब्यासायी प्यानललाई काँग्रेस सहित ७ दलले समर्थन गरेका छन् । काँग्रेससहित नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, जसपा, स्वतन्त्र पार्टीलगायतका दलले बुधबार अपिल जारी गर्दै ललितजंग शाह नेतृत्वको संयुक्त व्यवसायी प्यानलाई समर्थन गरेको जानकारी गराएका छन् ।

उक्त अपीलमा काँग्रेसका पूर्व महासमिति सदस्य तथा तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेत, काँग्रेसबाट निर्वाचित तुलसीपुर ५ का वडाध्यक्ष विरेन्द्र कुमार शाह, काँग्रेस निकट प्रजातान्त्रिक उद्योग ब्यबसायी संघका लुम्बिनी प्रदेश कमिटी सदस्य डिलबहादुर वलीसहितले हस्ताक्षर गर्नुभएको छ । त्यसैगरी सोही अपीलमा माओवादीका लुम्बिनी प्रदेश सदस्य प्रेमराज वली‘प्रभात’, एमालेका केन्द्रीय निर्वाचन कमिटि सदस्य हिराचन्द्र केसी, राप्रपाका केन्द्रिय सदस्य दामोदर भण्डारी, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिबालय सदस्य शुक्रराज भण्डारीले समेत हस्ताक्षर गरेको अपिलमा जिताउन आग्रह गरिएको छ ।

उक्त प्यानलले संघको नेतृत्व निर्माणमा सबै क्षेत्र, पक्ष विषयगत ब्यबसायीहरुको समेत भावना प्रतिनिधित्व हने बताइएको छ । तर, यस अघि अस्वस्थ प्रतिस्पर्धा गर्ने, निर्वाचनका नाममा एकाधिकार नर्मिाणको भावनाबाट अभिप्रेरित क्रियाकलाप र प्रबृतिले प्रोत्साहन पाइरहेको अबस्था रहेको भन्दै यसमा आफूहरु गम्भीर रहेको उक्त प्यानलको भनाई छ ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस