हाटबासका अग्निपिडितलाई पूर्व विद्यार्थीद्वारा आर्थिक सहयोग

लमही– कुसुम्मेश्वर उच्च माध्यमिक विद्यालय कुसुम बैरिया बाँकेबाट २०६७ सालमा एसएलसी परिक्षा दिएका विद्यार्थीहरुले राजपुर गाउँपालिका – ७ हाटबास गाउँका अग्निपिडितहरूलाई आर्थिक सहयोग गरेका छन ।

बुधबार उक्त समूहले ३८ हजार २ सय २५ रूपैयाँ राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीलाई सहयोग हस्तान्तरण गरिएको पुर्व विद्यार्थी चित्र बहादुर विश्वकर्माले जानकारी दिए ।

विश्वकर्मा अहिले नेपाल प्रहरीको सहायक प्रहरी निरीक्षकका रुपमा सल्यानमा कार्यरत छन । विश्वकर्माले दिएको जानकारी अनुसार हेमन्त बस्नेत, दिपक केसी, सुमन डाँगी, दिपा डाँगी, प्रतिमा वलि, सालिक भण्डारी, चित्रबहादुर विश्वकर्मा, यमबहादुर रामिजाल, विनय वली, सन्ताेष डाँगी र रूपेश विकबाट संयुक्तरूपमा संकलित रकम एकद्वारा प्रमाणी मार्फत सन्ताेष डाँगीले वडध्यक्ष वलीलाई हस्तान्तरण गरेका हुन ।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस