अग्नि पीडितलाई राहत प्रदान

लमही – राप्ती फिड इण्डस्ट्रिज प्रालिले अग्नी पिडितलाई राहत रकम सहयोग गरेको छ ।

राजपुर गाउँपालिका–७ हाटबासमा गत वैशाख १६ गते आगलागी हुँदा २४ घर जलेर नष्ट भएपछी पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिएको हो । प्रालिले आगलागीबाट क्षति भएका २४ घरपरिवारका लागि ४० हजार रुपैयाँ र लमही ९ तेलियामा २ घर, तरुलियामा २ घरमा २० हजार गरी ६० हजार रुपैयाँ नगद आर्थिक सहयोग प्रदान गरेको छ । प्रालिका अध्यक्ष लिलाराम खनाल शनिबार हाटबास गाउँमा पुगेर सो रकम हस्तान्तरण गरेका हुन् ।

छिमेकी गाउँपालिकामा आगलागीको घटना घटेको सुन्दा दुख लाग्यो हामी थोरै थोरै पैसा उठाएर अग्नि पिडित परीवारको दुखमा साथ दिन थोरै रकम भए पनी सहयोग गरेका छौ, सबैको साथ सहयोगले पिडित परिवारलाई थोरै भए पनि राहत हुन्छ सबैले सहयोग गरौ– प्रालिका अध्यक्ष खनालले भने।” नगद रकम हस्तान्तरण गर्दै अध्यक्ष खनालले विपदको समयमा प्रदान गरेको सानो सहयोग पनि पीडितलाई ठुलो राहत हुनसक्ने भएकाले सक्दो सहयोग सबैले गर्नुपर्ने बताएका छन् । राजपुर गाउँपालिका वडा नम्बर ७ हाटबास गाउँ आगलागीले रित्तिएको छ । सामुदायिक वनबाट लागेको आगो बस्तीमा पसेपछि हाडबास गाउँमा भएको २५ घर मध्ये २४ घर पूर्णरूपमा जलेर खरानी भएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस