लुम्बिनीमाथि कर्णालीको सहज जित

काठमाडौँ । कर्णाली प्रदेशले एन्फा महिला लिग छनोटमा लुम्बिनीमाथि सहज जित हासिल गरेको छ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा आइतबार सम्पन्न खेलमा कर्णालीले पाहुना टोली लुम्बिनीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

जितसँगै तेस्रो स्थानमा उक्लिएको कर्णालीले ४ खेलबाट ९ अंक जोडेको छ। समान खेल खेलेको लुम्बिनी ३ अंकसहित पाँचौँ स्थानमा छ।

खेलको १५औँ मिनेटमा सुनकलाले गोल गर्दै कर्णालीलाई शुरूआती अग्रता दिलाएकी थिइन्। ३७औँ मिनेटमा उनले नै दोस्रो गोल गरिन्।

६७औँ मिनेटमा लुम्बिनीका ममता पुनले गोल गरेकी थिइन्। तर, ७५औँ मिनेटमा सुजता बोम्जमले गोल गर्दै कर्णालीको अग्रता ३–१ मा पुर्‍याइन्। ८४औँ मिनेटमा वर्षा ओलीले गोल गरेपनि कर्णाली खेलमा ४– १ ले विजयी भएको थियो।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस