कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अफर ल्याएको छ । अफरअन्तर्गत २० जना भाग्यशाली विद्यार्थीले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रुपैयाँसम्मको छात्रवृत्ति रकम प्राप्त गर्न सक्ने बताइएको छ ।
यो अफर ३१ वैशाखसम्म कनेक्ट आइपिएसबाट फी भुक्तानी गर्दा लागू हुने कम्पनीले जनाएको छ । अफर समाप्तिपछि विजेताको सूचना आधिकारिक वेबसाइटमा प्रकाशित गरिने र भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तिको रकम जम्मा गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार