टी–२० शृङ्खलाको अन्तिम खेलमा आज नेपालको ‘ए’ टोली र आयरल्यान्ड वुल्भ्स प्रतिस्पर्धा गर्दै छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो १ बजे नेपाल र आयरल्यान्डको खेल शुरू हुनेछ। नेपालले टी–२० शृङ्खला गुमाइसकेको छ।
यसअघि भएका दुई खेलमा नेपाल पराजित भएको थियो। आयरल्यान्डसँग पहिलो खेलमा २१ रनले र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो।
नेपाल भ्रमणमा रहेको आयरल्यान्डको टोलीले यसअघि नेपाल राष्ट्रिय टोलीसँग पनि राम्रो प्रदर्शन गरेको थियो। नेपाली राष्ट्रिय टोली पनि पराजित भएको थियो।
यसपछि नेपालले आयरल्यान्डसँग बुधबारदेखि एकदिवसीय शृङ्खला खेल्नेछ। एकदिवसीय शृङ्खला अन्तर्गत तीन खेल हुनेछन्।
प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार


