काठमाण्डौ – आयरल्यान्ड–उल्भ्ससँगको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालको ‘ए’ टोलीले टस जितेको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालको ‘ए’ टोलीका कप्तान विनोद भण्डारीले पहिले बलिङ गर्ने निर्णय लिएका छन् । यो समाचार तयार पार्दासम्म आयरल्यान्ड–उल्भ्सले ५ ओभरमा १ विकेट गुमाएर ४५ रन बनाएको छ ।
टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । हिजोदेखि शुरु हुने भनिएको प्रतियोगिताको पहिलो खेल वर्षा पछि मैदान भिजेका कारण टस पनि हुन नपाई रद्द भएपछि क्यानले तालिका नै परिवर्तन गरेको हो ।
यसैगरी नेपालको ‘ए’ टोली र आयरल्यान्ड–उल्भ्सबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो बुधवारदेखि शुरु हुनेछ ।
यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।


