दाङ दुर्घटना अपडेटः बन्द भएको राजमार्ग खुल्यो

दाङ ।  बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग खुलेको छ ।


पिडित पक्ष, स्थानिय जनप्रतिनिधि र प्रहरीका बिचमा भएको आपसी समझदारीमा राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।


हातमा लाठी बोकेका स्थानीयले सडकमा टायर बाल्दै प्रदर्शन गरेका थिए भने सवारी साधन समेत चल्न दिएका थिएनन् ।
राजमार्ग खुलाउने प्रयासमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

शनिबार साँझ हुलाकी राजमार्गअन्तर्गत राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा बीचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख २३६० नम्बरको बसको ठक्करबाट रा ७ प २०७ नम्बरको मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–५ नौसरा निवासी २४ वर्षीय प्रमोद यादव र २४ वर्षकै प्रदिप यादवको मृत्यु भएको थियो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिसकेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस