काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा पपुवा न्यूगिनी पीएनजीविरुद्धको फाइनलमा नेपालले पहिलो ओभरमा नै विकेट लिएको छ।
मोङककमा जारी खेलमा नेपालका लागि करण केसीले पहिलोओभरमा नै विकेट लिएका हुन्।
उनले पहिलो ओभरको दोस्रो बलमा पीएनजीका सेसे बाउलाई डकआउट गरे।
टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै पीएनजी ब्याटिङमा उत्रिएको हो।
प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार


