नेपालले गुमायो तेस्रो विकेट, अनिलपछि मल्ल पनि दुई रन बनाएर आउट

काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले सस्तैमा तेस्रो विकेट गुमाएको छ।

नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको कुशल मल्ललाई जम्मा दुई रनमा तेस्रो विकेटका रुपमा गुमाएको हो। मल्लको विकेट आर्यन दत्तले लिएका हुन्। यसअघि दोस्रो विकेटका रुपमा सात रन बनाएका अनिल शाहलाई गुमाएको थियो।

पहिलो विकेटमा रुपमा १७ रन बनाएका आशिफ शेखलाई गुमाएको थियो।

नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ। शाह र शेखको विकेट भिभियन किंग्माले लिएका हुन्।

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस