मनिकापुर । एकीकृत जल उपभोक्ता संस्था तुलसीपुर–१८ मनिकापुरमा पहिलो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दामोदर बस्नेत राकेशको अध्यक्षता एबम् तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष माधव वलीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।
साधारण सभा कार्यक्रममा प्रमुख अतिथि वलीले तुलसीपुर–१८ मा डिप वोरिङ मार्फत सिंचाइ भएको पहिलो पटक र पहिलो ठाउँ रहेको बताए । कृषकहरुले धेरै मेहनत गरी वोरिङबाट सिंचाइ सुरु गरेकोमा बधाई दिएका छन् । ‘डिप वोरिङ ल्याउने, बजेट पार्ने साथै खनेर पनि सञ्चालनमा ल्याउन निकै मेहनत, प्रयास गर्दै समाजलाई एकजुट बनाइ सिचाइलाई सञ्चालन गर्न सफल भएकोमा बधाइ छ ।’ उनले भने ‘समाज सेवा आफैमा चुनौती पूर्ण रहेको र आफू जलेर पनि अरुलाई उज्यालो दिने खालको सेवा गरेकोमा नेतृत्वप्रति हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’

त्यस्तै उनले डिप वोरिङ सञ्चालन गर्नको लागि हामी सबै एकजुट हुन जरुरी छ, हामीबीचमा एकअर्काको भावना मिल्यो भने मात्र सफल हुन सक्ने बताए । साथै संस्थाको साधारण सभामा एउटा विधान, नियम बनाएर अघि बढ्नु पर्ने र संस्थामा सुचिकृत हुनपर्ने बताए जसका लागि शुल्क निर्धारण गर्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष बिशेषन वलीले वोरिङ सञ्चालन गरी पानीलाई सदुपयोग गर्न सकियो भने मात्र अघि बढ्न सक्ने बताए । युवा नेता शंकर नेपालीले वोरिङको सिंचाइ प्रक्रियालाई सार्थक दिन निकै प्रयास गरि यो स्थान सम्म ल्याइपुर्यानु हुने संस्थाका अध्यक्ष धन्यवादका पात्रहरु हुनुहुन्छ । उनले भने हामि कृषक हौ तर किसानका लागि पानी कत्तिको महत्वपूर्ण हुन्छ त्यो हामी सबैलाई राम्रो संग जानकार छ । अब यो बोरिङले यश क्षेत्रमा कृषकलाई धेरै राहत हुने बिश्वास लिने उनले बताए ।

कार्यक्रमको सहजीकरण संस्थाकी सचिव भिमा वलीले गरेकी थिइन् । उक्त डिप वोरिङबाट करिब ३० विगाह जमिनमा सिंचाइ हुने अनुमान गरिएको छ ।



