दंगीशरण । कुनैपनि ठाउँका ब्यक्ती शिक्षित भए मात्र त्यस ठाँउ को विकासले सार्थकता पाउने दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभएको छ ।
शिक्षा स्वास्थ्य र कृषिलाइ आफुले प्राथमिकतामा राखि आगाडी बढेको बताउनुभयो । त्यसैले पनि अहिलेको आर्थिक बर्षमा शिक्षामा ११ करोड बजेट बिनियोजन गरीएको बताउनुभयो ।अर्को एक प्रसङ्गमा अध्यक्ष गिरीले शिक्षामा गुणस्तरीयताका लागी सर्वप्रथम बालबालिका तथा विद्यार्थीहरुमा सस्कारको विकाश गर्न आवस्यक रहेको बताउनुभयो ।
पछिल्लो समय नागरीकको आर्थिक उपार्जनमा वृद्धि भएर होकि किन सामुदायिक बिधालयमा बिज्ञ र योग्य शिक्षक हुदहुदैपनि सस्थागत विधालय तर्फ अभिभावकको आकर्षण बढ्नुमा आफु अनबिज्ञ रहेको बताउनुभयो । यस्तै अध्यक्ष गिरीले आफुहरु निर्वाचित भएर आएपछी जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने अवधारणा लागु गर्दै उत्कृष्ट काम गर्ने शिक्षकलाइ पुरुष्कार तथा कर्तव्य बिमुख हुने शिक्षकहरुलाइ दण्डदिन पनि पछी नपर्ने बताउनुभयो ।
बिरेन्द्र माध्यामिक विधालय दंगीशरण ३ हेकुलिले अयोजना गरेको नव निर्मित भवन उद्घाटन तथा अभिवावक अन्तर्कृया कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले यस्तो बताउनुभएको हो ।
नुमुना बिधालय अनुदान बाट ८० लाख ८३ हजार ९ सय १६ रुपैया भ्याट बाहेकको लागतमा ८ कोठे भवन निर्माण सम्पन्न भएको हो ।कार्यक्रममा जग्गादाता तथा सस्थापक धरनिधर चौधरी र पद्मनाथ चौधरीको तस्वीरमा माल्यार्पण गरी स्मरण गरीएकोथियो ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद साखाका प्रमुख बिनोद अधिकारीले शिक्षक ,विद्यार्थी ,र अभिभावकको त्रीकोणात्मक समन्वय बाट मात्र सामुदायिक बिधालयको शिक्षाको गुणस्तरमा वृद्धि गर्न सकिने बताउनुभयो ।विद्यार्थी भर्ना भएको अनुपातमा कक्षामा सहभागी नहुनु र ड्रप आउट हुने समस्या प्रमुख चुनौती रहेको प्रमुख अधिकारीले बताउनुभयो ।अभिभावकले आफ्ना विद्यार्थीलाइ नियमित बिधालयमा पठाइदिन आग्रह गर्दै त्यसपछी पनि पढाइ तथा अन्य समस्या भए आफुहरुलाइ खवर गर्न आग्रह गर्नुभयो ।
भवन उद्घाटन तथा अभिभावक अन्तर्कृया कार्यक्रममा

बिधालयका गतीविधि वारे जानकारी गराउदै बिधालयका प्र.अ. खिमराज खनालले आफुहरु सुधारको क्रममा क्रमिक रुपमा अगाडी बढिरहेको बताउनुभयो ।
हिजो जिर्णो अवस्थामा पनि आफुहरुलाइ बिश्वास गरी विधार्थि पठाइदिने अभिभावकहरु प्रती धन्यबाद ब्यक्त गर्नुभयो । बिधालयमा अहिले १ हजार ३ जना बिद्यार्थी पठनपाठन गरीरहेको समेत जानकारी गराउनुभयो । यस्तै प्र.अ. खनालले दंगीशरण गाउँपालिकाले टिउसन वापत प्रती बिद्यार्थी १५०० का दरले उपलब्ध गराएकोमा खुसि ब्यक्त गर्नुभयो ।
यस्तै दंगीशरण गाउँपालिकामा बिज्ञान बिषय पढ्न चहाने विद्यार्थीका लागी छात्रवृत्तिको ब्यबस्था गर्नुले पनि दंगीशरण गाउँपालिका देशकै एउटा उत्कृष्ट स्थानियतहको रुपामा स्थापित भएको बताउनुभयो ।
बिध्यालयका ब्यबस्थापन समितीका सदस्य गोबिन्द प्रसाद आचार्यले बिज्ञान बिषय पढ्न चहाने बिद्यार्थीका लागी बिरेन्द्र माध्यामिक बिधालयमै बिज्ञान बिषयको पठनपाठनका लागी अफुहरु पनि लागीरहेको र सरोकारवालाले पनि यस तर्फ ध्यानदिइ यस क्षेत्रकै पहिलो बिज्ञान बिषय पढाइहुने बिधालयको रुपमा स्थापित गर्दिन आग्रह गर्नुभयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष बेदराज अधिकारीले बिधालयले निमन्त्रणा गरी बोलाउदा पनि अभिभावकहरु जिज्ञासा सहित उल्लेखनीयरुपमा उपस्थिति हुन नसक्दा आफुलाइ दुख लाग्ने गरेको बताउनुभयो ।आफ्नो विद्यार्थीले कस्तो गरीरहेको छ कस्तो क्रियाकलापमा सरीग छ भनि बिधालयमा समय समयमा पुगी आफ्ना विद्यार्थीको बारेमा बुझ्न अभिभावकहरुलाइ आग्रह गर्नुभयो ।
बिधालय ब्यबस्थापन समितीका अध्यक्ष ओमनारयण चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा दंगीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा दंगीशरणका प्रमुख विनोद अधिकारीको बिशिस्ट आथित्यतामा भवन उद्घाटन तथा अभिभावक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ९–१२ को दोस्रो त्रैमासिक परीक्षाको नतीजा प्रकाशन तथा प्रथम,दितीय र तृतीय हुने बिधार्थिहरुलाइ पुरुष्कार समेत बितरण गरीएकोथियो ।
बिधालयला शिक्षक दिनेश रेग्मिको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण बिधालयका शिक्षक प्रदिप चन्दले गर्नुभएकोथियो ।


