कराते टोली जर्मनी प्रस्थान

काठमाडौँ । ड्रेस्डेन ओपन कराते च्याम्पियनसीप २०२४ मा सहभागी हुन बिहीबार कराँते टोली जर्मनी प्रस्थान गरेको छ ।

च्याम्पियन मार्सल आर्ट्स एकेडेमीकी कार्यकारी प्रमुख सुशीला लामाको नेतृत्वमा चार सदस्यीय टोली जर्मनी प्रस्थान गरेको हो ।
उक्त प्रतियोगिता शनिबार सुरु हुनेछ ।

सो प्रतियोगतामा च्याम्पियन मार्सल आर्ट्स एकेडेमीका सायाङ लामाले ३६ केजी तौलसमूहअन्तर्गत कुमुते स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकाको भुमिकामा डिगम्वर प्रसाद पन्त छन् ।

नेपाल कराते महासंघका महासचिव तथा सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले एक कार्यक्रममा सहभगी टोलीका सदस्यहहरुलाई ज्याकेट वितरण गरी विदाई गरेका छन् ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस