बाजुरा । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।
लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको स्वामीकार्तिक खापर गाउँपालिका–४ स्थित आफ्नै निवासमा मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिए।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपाध्यक्ष जोशीले लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी थिइन्। उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराको सदस्य पनि थिइन्।
प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार


