प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको उपाधिका लागि बैतडी र कैलाली भिड्दैछन्।
फाप्ला मैदानमा कैलालीले टस जितेर ब्याटिङ गरिरहेको छ।
बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ४० ओभरमा झारिएको छ ।
समूह चरणका समान तीन खेल जित्दै बैतडी शिर्ष र कैलाली दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस ८ गतेदेखि शुरू भएको छनौट प्रतियोगितामा प्रदेशका
शुरू भएको थियोे । प्रतियोगितामा प्रदेशका ८ जिल्लाको सहभागीता रहेको थियो।
प्रादेशिक क्रिकेट संघले एलाइट र प्लेट च्याम्पियनसिप गरेर दुई चरणमा प्रतियोगिता सञ्चालन गरेको हो।
गत वर्षको प्रादेशिक छनौटमा सेमिफाइनल पुगेका बैतडी,अछाम,कैलाली र कञ्चनपुरले एलाइट र दार्चुला, बझाङ,डडेल्धुरा र डोटीले प्लेट च्याम्पियनसिप खेलेका हुन्।
प्लेट च्याम्पियनसिपबाट क्वालिफायर भएर बझाङले एलाइट च्याम्पियनसिप खेलेको थियोे ।
यस छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिनेछ ।


