दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले ३३ औं स्थापना दिवसका अवसरमा सहायक प्रधानाध्यापक र कोअर्डिनेटरलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएको छ ।
दाङको घोराहीमा एक कार्यक्रमको आयोजना गरी प्याब्सन दाङले सहायक प्रधानाध्यापक र कोअर्डिनेटरहरूका लागि नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएको हो ।
कार्यक्रममा प्याब्सन केन्द्रीय सचिव तथा शैक्षिक अभियन्ता यादव गिरीले ‘तपाईंले नेतृत्व गरेको बाटोको पुनः कल्पना’, कमल सिलवालले ‘सञ्चारको शक्ति’ डिआर भण्डारीले ‘नेतृत्व’ र निमानन्द गैरेले ‘शैक्षिक सुधारमा सहायक प्रधानाध्यापकको भूमिका’ विषयमा प्रशिक्षण दिएका थिए ।
प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीको अध्यक्षता तथा केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्याब्सन दाङका उपाध्यक्ष एवम् तालिम संयोजक राजु यादवले गरेका थिए ।


