तुलसीपुरमा कुखुरा पालक कृषकलाई दुइ दिने तालिम

तुलसीपुर । दाङको तुलसीपुरमा ‘पोल्ट्री जैविक सुरक्षा तथा एन्टिबायोटिकको तर्कसंगत प्रयोग’ विषयक २ दिने तालिम कुखुरा पालक कृषकलाई दिइएको छ ।
उक्त तालिमा पशु चिकित्सक डाक्टर विवेक रेग्मी, डा.पूर्ण वहादुर वली, डा. मनोज वली, डा. प्रदिप गिरी, डा. माधव रावत, डा.रोशन वस्याल, डा.विधान पोख्रेल, डा.आस्था अधिकारी, डा. भिमार्जुन क्षेत्री र डा. विजय भट्टराईले प्रशिक्षण दिनु भएको थियो ।

नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष डा.युवराज पन्थको अध्यक्षता तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका पशु विकास अधिकृत डा. प्रतिमा विष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कुखुरा पालक कृषकलाई पोल्ट्री जैविक सुरक्षा तथा एन्टिबायोटिकको तर्कसंगत प्रयोग विषयक तालिम दिइएको थियो ।

दाङ जिल्लाका २५ जना साना कुखुरा पालक कृषकलाइ मंसिर ९ र १० गते (२ दिने) तालिम र जैविक सुरक्षा किट वितरण गरिएको थियो । नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनी प्रदेशका कार्याकारी सदस्य डा.माधव रावतको स्वागत मन्तव्यवाट सुरु भएको उक्त कार्यक्रम नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनी प्रदेशका सहसचिव डा. अभिनास क्षेत्रीले सहजीकरण गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस