विजौरीको नयाँ पाइलामा भाइटीका

विजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रमा भाइटीका कार्यक्रम सम्पन्न भएको छ ।
पुर्न स्थापना केन्द्रमा रहेका उपचारार्थीहरुका दिदीबहिनीहरुले कार्यालयमै भाइटीका लगाउने कार्यक्रमको संस्थाले व्यवस्थापन गरेको निर्देशक सुरेश भुसालले जानकारी दिनुभयो ।

संस्थाले बडा दशै,भाइटीका,रक्षा बन्धन , चैते दशैँ, माघी जस्ता पर्वहरु कार्यालयमै मनाउने व्यवस्था गर्दै आएको छ । संस्थामा ४५ जना बढी उपचारार्थी रहेको संस्थाका निर्देशक भुसालले जानकारी दिनुभयो ।
दिदीबहिनीले दाजुभाइको सु स्वास्थ्य दीर्घजीवनको कामना गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस