यस्तो छ तपाईंको कात्तिक १३ गते सोमबारको राशिफल

आज मिति २०८० कात्तिक १३ गते सोमबार, ई.सं. २९ अक्टोबर, २०२३ । तिथि- कात्तिक कृष्णपक्ष द्वितीया, नक्षत्र- भरणी, ६ः२९ बजेपछि कृत्तिका, योग- व्यतीपात, करण- तैतिल, चन्द्रराशि- मेष, सूर्योदय ६ः१३, सूर्यास्तः १७ः२० ।

मेष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

वृष : सरकारी कडिकडाउको शिकार भइनेछ ।

मिथुन : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

कर्कट : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

सिंंह : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

कन्या : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।

तुला : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

वृश्चिक : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

धनु : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मकर : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्‍याउने छैनन् ।

कुम्भ : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

मीन : अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस