
तुलसीपुर । दाङको तुलसीपुर ७ का बराहथानका किसानले सिँचाई गर्ने कुलो मर्मतको माग गरेका छन् ।
खेतबारीसम्म सिँचाई गर्ने कुलो जिणर् बन्दा सिंचाई गर्न समस्या भएको उनीहरुको गुनासो छ । २०७० सालसम्म सहज ढङ्गले आफ्नो खेतबारीसम्म सिँचाई सुबिधा पाएपनि पछिल्लो १० वर्षयता समस्या रहेको किसान बिरबहादुर बस्नेत क्षेत्रीले बताउनुभयो ।
उहाँका अनुसार पहिले आफुले प्रयोग गर्दै आएको कुलो अन्यत्र रहेको र पछि अहिलेको स्थानमा रहेकाले समस्या भएको हो ।
अहिले कुलो भएको स्थानमा आरसिसी गर्न नदिएका कारण आफुलाई झनै समस्या परेको उहाँले बताउनुभयो ।
अहिले कुलो भएको स्थानमा आरसिसी गर्न नसकेका कारणले समस्या परेको उहाँले बताउनुभयो ।
पछिल्लो समय बाँधबाट आफ्नो खेतबारीसम्म पानी लग्नकै लागि करिब एक सय ५० मिटर कुलाको क्षेत्रमा प्लाष्टिकको सहरा लिनुपर्ने अबस्था रहेको अर्का स्थानिय चेतबहादुर वलीले बताउनुभयो ।
उहाँले जनप्रतिनिधिलाई अवगत पनि गराएको बताउनुभयो । वडा अध्यक्ष राम बहादुर जिसीले उक्त स्थानको काम बिगतका बर्षमै सम्पन्ने हुने भएपनि व्यक्तिगत विवादका कारण रोकिन गएको बताउनुभयो ।
उहाँका अनुसार आफु वडा सदस्य भएकै समयमा उक्त कुरा आएको भएपनि पछिल्लो समय त्यस स्थानका नागरिक आफुकहाँ उक्त समस्या लिएर वडा कार्यालय नपुगेको भन्दै वडासम्मदपुगेमा आफुले उक्त समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको छ ।
उहाँले आफुले उक्त कुलो बनाईदिने प्रतिवद्धता गरेको भन्दै विवाद समाधान गरेर आएमा कुनैपनि हालतमा आफुले उक्त प्रतिबद्धता पुरा गर्ने बताउनुभएको हो ।
