
मनिकापुर । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेको एकिकृत नमुना टोल बिकास संस्थाको पहिलो साधारण
सभा तथा प्रथम अधिवेशन आज सम्पन्न भएको छ ।
संस्थामा लामो समयदेखि पदाधिकारीहरु रिक्त हुँदा कामकाजमा असहज भएको र प्रत्येक २/२ बर्षमा गरिने अधिवेशन कोरोनाका कारण ढिला भएकोले आजको मिति तय गरि सम्पन्न गरिएको सचिवको प्रतिवेदमा उल्लेख गरिएको थियो । २०७५ सालमा स्थापना गरिएको टोलमा हालसम्म बैङ्क मौज्जात २० हजार ५ सय रहेको र ऋण लगानी गरेको पैसा २० हजार समिति सँग बचत सुरक्षित भएको र हालसम्म बिभिन्न शिर्षकहरुमा गरि जम्मा १५ हजार ६ सय ५० खर्च भएको सचिव कपिल लामिछानेले प्रस्तुत गरेको प्रतिवेनमा उल्लेख गरिएको थियो ।
उक्त साधारण सभा एकिकृत नमुना टोल बिकास संस्थाका अध्यक्ष बिसेसन वलीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतको प्रमुख आथित्यमा सम्पन्न भएको थियो भने खुल्लासत्र कार्यक्रम संस्थाका सचिव कपिल लामिछानेले सञ्चालन गरेका थिए ।
खुल्लासत्रको समापन गर्दै ५ सदस्यीय अध्यक्ष मण्डल तयार गरि पदाधिकारी चयनका लागी शंकर नेपालीको संयोजकत्वमा समिति निर्माण गरिएको थियो । उक्त समितिले बिसेसन वलीको अध्यक्षतामा सर्वसम्मत ५ सदस्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा प्रेम बहादुर वली, सचिवमा कपिल लामिछाने, कोषाध्यक्षमा भिमा वली र सदस्यमा गोरे दमाई चयन भएका छन् ।
नयाँकार्यसमिति चयन भएपछि कार्यसमितिको बैठक बसी कार्यसमितिलाई चलायमान गराउन तथा बिभिन्न बिषयमा सर-सल्लाह गर्नका लागी सल्लाहकार समिति गठन गरेको छ जसमा शंकर नेपाली, लता वली, राकेश बस्नेत, र प्रेम बहादुर नेपाली नियुक्त भएका छन् । साथै संस्थाले आजबाट लागुहुने गरि नयाँ सदस्यहरु थप गर्ने निर्णय समेत गरेको छ ।