ईजरायलमा मारिएका नेपालीको शव ल्याइयो  नेपाल


बझाङ । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक जना विद्यार्थीको शव आज नेपाल ल्याइएको छ ।


बझाङको जयपृथ्वी-६ का गणेशकुमार नेपालीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभएको छ ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको छ ।


बाँकी पाँचजनाको शव ल्याउन पनि सम्बद्ध नातेदारको डीएनए सङ्कलन गरी पठाइएको र डिएनए परिक्षण पश्चात चाडै नेपाल ल्याइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस