सल्यानका किसानले ४ महिनामा बेचे २४ करोड रुपैयाँभन्दा बढीको तरकारी

तुलसीपुर । सल्यानका किसानले चार महिनामा २४ करोड रुपैयाँभन्दा बढीको ताजा तरकारी तथा फलफूल बेचेका छन् ।

असार १ गतेदेखि असोज मसान्तसम्म २४ करोड २९ लाख २६ हजार ४ सय ७ रुपैयाँको ताजा तरकारी तथा फलफूल जिल्लाबाहिर निकासी भएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोट सल्यानले जनाएको छ।

४ महिनामा ४० लाख ६९ हजार ४ सय ४३ किलो ताजा तरकारी, ८५ हजार ६३९ किलो अदुवा र ७४ हजार ९६ किलो फलफूल निकासी भएको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिनुभयो ।

सल्यानमा उत्पादन भएको बेमौसमी तरकारी दाङ, बुटवल, पोखरा, नेपालगञ्ज, धनगढी र काठमाण्डौसम्म जाने गरेको छ।

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस