
घोराही । नागरिक सरोकार समिति दाङकी संयोजक सरीता देवकोटाको नेतृत्वमा लमही, घोराही तुलसीपुर फोरलेन सडक यथासिघ्र निर्माण हुनुपर्ने वताउदै घोराहीको तुलसीपुर भानु चोकमा अनसन बसेका छिन्। देवकोटा लगायत सो समितीका पदाधिकारी सहित अनसनमा बसेका छन । नागरिक सरोकार समितीद्वारा आयोजित अनसन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु बुद्धिजिबि , पत्रकारहरुको सहभागीता रहेको थियो ।

लमही घोराही तुल्सिपुर सडक ममर्त दाङ लाई काठमाडौं सिधा जोड्न बिमान्स्थल निर्माण दाङका अस्पतालहरुलाई सुबिधा सम्पन्न अस्पताल बनाउनु पर्ने माग राखि अनसन बसेको संयोजक देवकोटाले जानकारी गराईन । विगत लामो समयदेखि फोरलेन सडक निर्माण नहुँदा आम नागरिकले सास्ती भोग्नु परेको र अकालमा मृत्युवरण गरेका घटना प्रति स्थानिय, प्रदेश र संघिय सरकारले वेवास्ता गरेकै कारण नागरिक सरोकार समिति दाङले विरोधका कार्यक्रम गर्नुपरेको उनले बताइन ।
नागरीक सरोकार समिति दाङले उठाएका मुद्दा आम दंगाली आमावुबा, दाजुभाइ तथा दिदीबहिनीहरुका मुद्दा भएका कारण हाम्रो अभियानलाई साथ दिन सवैलाई आह्वान गरिकि छिन । नागरिक सरोकार समिति दाङले उठाएका मुद्दाका विषयमा सरोकारवाला निकाय गम्भिर नभए थप संघर्षका कार्यक्रम गरीने उनले वताईन ।