कतै तपाई पनि यस्तै फन्दामा त पर्नुभएकाे छैन ? हाेस गर्नुस है !


काठमाडौँ । दसैँमा गाउँ फर्किने यात्रुलाई सवारीको ‘नक्कली टिकट’ काटेर हैरानी दिएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरका २५ वर्षीय सन्देश श्रेष्ठ, २८ वर्षीय रोहित लामा, महोत्तरीका २६ वर्षीय अनिल बुढाथोकी, काठमाडौँको कोटेश्वर बस्दै आएका कमल सार्की र राजकुमार डंगोल रहेका छन् ।

 नक्कली टिकट काटेर उनीहरूले यात्रुलाई कोटेश्वर र बल्खुमा बोलाउने गरेको तर, त्यहाँ पुगेपछि गाडी छैन भनेर ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आरोपीतहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । चाडपर्वको फाइदा उठाएर कसैले हैरानी दिने तथा ठगी गरेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस