दाङ, पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रले विद्यार्थीहरूलाई नयाँ विधिबाट कम्पोस्ट मल बनाउने एक दिने तामिल दिएको छ ।
केन्द्रको आयोजनामा संयुक्त राष्ट्र सङ्घ विश्व वातावरणीय कोषको साना अनुदान कार्यक्रमको सहयोगमा तुलसीपुर १८ हेमन्तपुरमा रहेको हेमन्त लक्ष्मी सेकेन्डरी स्कुलका विद्यार्थीलाई एक दिन तालिम दिएको हो ।
संस्थाका अध्यक्ष डिल्ली बहादुर रावतका अनुसार कम्पोस्ट मल बनाउने विधिको तामिल जिल्लामा विभिन्न ठाउँमा गर्ने तयारी रहेको छ । अहिले विद्यार्थीहरूलाई दिएको भन्दै आगामी दिनमा अन्य पालिकाहरूमा गर्ने तयारी रहेको उनको भनाइ छ । रासायनिक मल र विषादीले मानव स्वास्थ्यमा मात्र नभइ वातावरण र माटोमा समेत असर गरिरहेको भन्दै उनले हाम्रो स्वास्थ्य, वातावरण र माटोलाई बचाउनको लागि अब अर्गानिक मल प्रयोग गर्नु पर्ने बताए ।

उनले भने,‘ हामीले अहिले तिन क्विन्टल कम्पोस्ट मल कार्यालयमा नयाँ विधिबाट बनाउन लागेका छौँ । यसमा ३ किलो प्लास्टिक आवश्यक पर्छ । २ किलो अमोनियम फस्फोरस र ३ किलो युरिया मल प्रयोग गर्नुपर्छ । यो मल तिन महिनामा तयार हुन्छ । यो मलमा युरियाको धेरै मात्रा हुन्छ ।
यसले माटो, वातावरण र मानव स्वास्थ्यलाई फाइदा हुन्छ ।’
उनका अनुसार यो मल बनाउनको लागि हाम्रो घर वरपर रहेका झारपात प्रयोग गर्न सकिन्छ । यस्तै उनले पढेर भन्दा पनि देखेर धेरै कुराहरू सिकिने भएका कारण विद्यार्थीहरूलाई यो तामिल दिएको समेत बताए ।
यस्तै कार्यक्रममा विद्यालयका प्रधानध्यापक सागर अधिकारीले आजको एक दिने तालिमले विद्यार्थीहरूले धेरै कुरा सिक्ने पाउने भन्दै यो अवसर दिएकोमा संस्थालाई धन्यवाद दिए । उनले किताबी ज्ञान भन्दा पनि बाहिर ल्याएर व्यवहारिक ज्ञान विद्यालयले विगत देखि दिँदै आएको समेत बताए । उनले भने,‘ आजको तालिमले विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान हुनेछ । आजको यो ज्ञानलाई उपयोग गर्न म विद्यार्थीहरूलाई आग्रह गर्दछु ।

यस्तै तालिममा सहभागीका विद्यार्थीहरूले एक दिने तालिमबाट पनि धेरै ज्ञान सिकेको भन्दै अब आ–आफ्नो घरमा यो मल बनाउने बताएका थिए । यस्तै कार्यक्रममा गन्यारी कृषि सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी चौधरी लगायतले मन्तव्य राखेका थिए, भने कार्यक्रमको सहजीकरण संस्थाका कर्मचारी चन्द्रप्रकाश धितालले गरेको थिए ।


