
काठमाडौं ।
मकवानपुरको थाहा नगरपालिकाले पहिलो पटक नगर प्रहरी भर्ना गरेको छ । राज्य पुनः संरचनापछि नगरपालिका बनेको थाहामा १० जना नगर प्रहरीहरु भर्ति भएका हुन् ।
बजार व्यवस्थापन, अग्नि नियन्त्रण, छाडा पशुव्यवस्थापन, सरसफाई तथा आपतकालिन उद्दारको काम गर्नको लागि नगर प्रहरी नियुक्त गरेको नगरपालिकाका सूचना अधिकारी सुरज भुजेलले जानकारी दिनुभयाे ।
लिखित र मौखिक र शारीरिक परीक्षा पास भएका नगर प्रहरीलाई इलाका प्रहरी कार्यालय पालुङले १० दिने आधारभुत प्रहरी प्रशिक्षण दिएपश्चात नगरपालिकाले पद तथा गोपनियताको सपथ गराएर आजबाट काममा खटाएको भुजेलले बताउनुभयाे ।
प्रहरीले खाली हात लडाइँ, जनसम्पर्क र सुरक्षाको विषयमा आधारभूत तालिम दिएका थिए ।
एक सहायक नगर प्रहरी निरीक्षक, दूई हवल्दार र ७ जवान नगर प्रहरीहरुलाई प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले दज्र्यानी चिन्ह प्रदान गर्नुभएकाे थियाे ।