
दाङ ।
दाङ प्रहरीले बैंङकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० गौरी गाउँका ३६ वर्षिय यज्ञबहादुर केसीलाई शनिबार पक्राउ गरेको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको हिलटन होटलमा लुकिछुपि बसेको अवस्थामा केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
केसीलाई सर्वोच्च अदालत काठमाडौबाट २०७९ माघ ४ गते बैंङकिङ कसुर मुद्दामा १४ लाख ५० हजार रुपैयाँ जरिवाना फैसला भएको थियो । त्यसयता फरार रहेका केसीलाई शनिबार पक्राउ गरि आज (आइतबार) जिल्ला अदालत घोराही बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार