महिला तथा बालबालिका माथिको हिंसा हुने क्रम राेकिन सकेन


दाङ ।
समाज शिक्षित बन्दै गएपनि महिलामाथी हुने विभिन्न किसिमका हिंसाका घटनामा कमी आउन सकेको छैन । वर्षेनी महिला तथा बालबालिका माथिको हिंसा हुने क्रम बढ्दै गएकाे पाइएकोे छ ।

महिला पुन:स्थापना केन्द्र ओरेकका अनुसार दाङमा बितेको पाँच वर्षको अबधिमा महिला तथा किशोरीमाथी भएका हिंसाको अबस्था भयावह देखिएको छ । पाँच वर्षको अबधिमा सात सय १० वटा हिंसाका घटना भएका छन् ।

जसमा सबैभन्दा धेरै घरेलु हिंसा रहेको छ । पाँच वर्ष घरेलु हिंसा ५०१, जबरजस्ती करणीका ५४, जबरजस्ती करणी उद्योगका तिन, बालबिबाहका तिन, यौन दुर्व्यवहारका ३३, सामाजीक हिंसाका ६१ वटा घटना भएका छन् ।

यस्तै परिवारबाट अलपत्र चार, बोक्सी आरोपको एक, हिंसामा परेर आत्महत्याको घटना नौं, मानव बेचबिखनका एक र अन्य हिंसाका २४ वटा घटना ओरेकमा दर्ता भएको छ ।

महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्नु, महिलालाई हेर्ने सकारात्मक सोँचको विकास नहुनु जस्ता कारणले पनि हिंसाको घटना बढ्दै गएको पाइएको ओरेकका कार्यक्रम संयोजक पुजा चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस