आगामी ३१ गते यी तीन जिल्लामा सार्वजनिक विदा


दाङ ।
लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बड्का अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दियामा सार्वजनिक विदा दिने भएको छ । भदौ ३१ गते पर्ने अट्वारीको दिन सम्बन्धित समुदायलाई विदा दिने निणर्य गरेको हो ।

लुम्बिनी प्रदेशकाे गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरि यस्तो जानकारी दिएको हो । थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । थारु जातीको बाहुल्यता भएका यी तीन जिल्लामा प्रदेश सरकारले विदा दिने भएको हो ।

गत चैत १७ गतेको निणर्य अनुसार विदा दिईएको अधिकृत माधव शर्माले जारि गरेकाे सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस