सर्पको टोकाईबाट दुई जना बिरामी


तुलसीपुर । 
दाङमा सर्पको टोकाईबाट दुई जना बिरामी परेका छन् । दंगिशरण गाउँपालिका वडा नम्बर ५ का ८० वर्ष लक्षिण प्रसाद योगी र ३१ वर्षिय ज्ञानेन्द्र कुँवरलाई सर्पले टोकेको हो । 

योगीलाई सर्पले मंगलबार दिउँसो घाँस काट्ने क्रममा टोकेको हो भने कुँवरलाई मंगलबार बिहान खेतमा पानी चार्ने क्रममा सर्पले टोकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो । 

सर्पले टोकेका दुई जनामध्ये ८० वर्षिय योगीको अवस्था गम्भिर रहेको छ भने कुँवरको अवस्थामा सामान्य रहेको छ । दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस