सोनापुर मिनरल्सको आईपीओ: आज सकिदै

दुधरास । साउन २९ गतेदेखि खुला रहेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पहिलो चरणको आईपीओमा कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई आवेदन दिने आज भदौ २६ गते अन्तिम दिन रहेको छ।  यस अघि  नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने भाद्र ११ गते आईपीओ निष्काशन बन्द भइसकेको छ। 

सोनापुर मिनरल्सले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

प्रिमियम सहितको आईपीओ उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दालाई लागि अंकित मूल्य १०० मा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रति सेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्काशन गरिएको हो। 

तेस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १० प्रतिशतले १० लाख ७६ हजार २६८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्काशन गरिएको थियो  ।

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्

कहिले सम्म दिने आवेदन ?

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा भदौ ११ गते हुने भनिएकोमा समय थपेर अब भने ढिलोमा भदौ २६ गते सम्म खुला हुनेछ। 

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

कहाँबाट दिने आवेदन ?

स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

रेटिङ्ग 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस