तुलसीपुर ।
कारागार कार्यालय तुलसीपुरमा हिल ट्याङ्की सहयोग गरिएको छ । समाजसेवी टोपबहादुर महताराको पहलमा नेपाल बन्दी सेवा संघले दुई हजार लिटर क्षमताको हिल ट्याङ्की उपलब्ध गराएको कारागारका प्रमुख जेलर चिन्तामणी रेग्मीले जानकारी दिनुभयो ।
यसैगरी नेपाली कांग्रस तुलसीपुरका नगर सभापति सुरेश हमालको पहलमा शान्तिनगर गाउँपालिकाले एक हजार लिटरको हिल ट्याङ्की कारागारमा रहेका कैदि बन्दीहरुको लागि उपलब्ध गराइएको छ ।
पानी ट्याङ्की उपलब्ध भएसंगै कैदिबन्दीलाई सहज हुने कारागार प्रशासनले जनाएको छ । सहयोग गर्ने दाताहरुलाई कारागार प्रशासनले धन्यवाद व्यक्त गरेको छ ।
प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार