
आज मिति २०८० भदौ २४ गते आइतबार, ई.सं. १० सेप्टेम्बर, २०२३ । तिथि- भाद्र कृष्णपक्ष एकादशी, नक्षत्र- पुनर्वशु, योग-वरियान्, करण- वव, चन्द्रराशि- मिथुन, सूर्योदय ५ः४७ सूर्यास्तः १८ः१३ ।
मेष : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
वृष : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
मिथुन : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउने छैनन् ।
कर्कट : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।
सिंह : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
कन्या : सरकारी कडिकडाउको शिकार भइनेछ ।
तुला : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।
वृश्चिक : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।
धनु : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।
मकर : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
कुम्भ : आश्वासन दिनेहरूबाट नै धोका पाइनेछ ।
मीन : अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।